बाराको पथलैयामा गाडि दुर्घटना हुँदा एकै परिवारको तीन जनाको मृत्यु

साझेदारी दैनिक
साझेदारी दैनिक 392 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
बाराको पथलैयामा आइतवार साँझ गाडि दुर्घटना हुँदा एकै परिवारको तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटी चालक निजगढ नगरपालिका वडा नं.१० बस्ने बर्ष २५ का तिर्थमान स्याङगतान ,उहाँको श्रीमती बर्ष २२ का ज्योती स्याङगतान र एक बर्षको काखे बच्चा रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

पथलैयाबाट निजगढतर्फ जादैँ गरेको प्रदेश २ ०३ ००४४४४२ नम्बरको स्कुटी र निजगढतर्फबाट आउँदै गरेको ना ४ प ७२४२ नम्बरको बस पथलैयाको दुधौरा खोला नजिक एक आपसमा ठक्कर खाएको थियो ।

बसको ठक्करबाट स्कुटीमा सवार तीनै जनाको घट्ना स्थलमै मृत्यु भएको थियो । चालक बस छाडी फरार भएका छन् भने बसलाई ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखिएको छ । चालक र दुर्घटनाबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review