घुस दिएको भन्दै चन्दन विरुद्ध मुद्दा

राम मण्डल
358 पाठक संख्या

वीरगञ्ज : घुस दिने पर्साका एक जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गराएको छ।

घुस दिने पर्साको पोखरिया नगरपालिका–२ बस्ने चन्दनकुमार मिश्र विरुद्ध अख्तियारले बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गराएको हो।मिश्र विरुद्ध बिशेष अदालतमा प्रतिकुल बकपत्र गरेकोले भ्रष्टाचार मुद्दा दायर गराइएको अख्तियारका प्रबक्ता नरहरि घिमिरेले साझेदारी दैनिकलाई जानकारी दिए।

उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार ९९ हजार बिगो बमोजिमको जरिवाना र सोही ऐन अनुसार कैद सजाय हुन मागदाबी लिइ भ्रष्टाचार मुदा दायर भएको हो ।

साइबर ब्युरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीलाइ आफ्नो भाइ प्रतिबादी रहेको साइबर अपराध मुद्दा मिलाइ दिन ९९ हजार घुस दिएका थिए। तत्कालीन प्रहरी निरीक्षक सुवेदीले मिश्रका भाइ प्रतिबादी रहेको साइबर अपराध मुद्दा मिलाई दिन्छु भनी मिश्र सित घुस लिएका थिए।

घुस लिएको पुष्टि भएपछि अख्तियारले गत भदौ २७ गते तत्कालीन प्रहरी निरीक्षक सुवेदी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गराएको थियोे।

घुस दिने मिश्रलाई भने अनुसन्धान अधिकृतलाई सहयोग गरेकोले सरकारी साक्षीको रुपमा अदालतमा पेश गरिएको थियो।

तर अदालतमा मिश्रले भने आयोगमा अनुसन्धानको क्रममा गरेको बयान ब्योहोराको प्रतिकूल हुने गरि बकपत्र गरेकोले उनी विरुद्ध नै भ्रष्टाचार मुद्दा दायर गराइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता घिमिरेले जानकारी दिएका हुन्।

Leave a review

This will close in 0 seconds