नेपाल भूतपूर्व सैनिक संघ बारामा ओमराज पाण्डे(बाबू) निर्वाचित

साझेदारी दैनिक
286 पाठक संख्या

कलैया : नेपाली काङ्ग्रेसको भातृसंस्था नेपाल भूतपूर्व सैनिक संघ बारामा ओमराज पाण्डे(बाबू) निर्वाचित भएका छन्।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ बेङ्गाही रिसोर्टको सभाहलमा संघको १४ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट पाण्डेको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति गठन भएको छ।

नेपाली काङ्ग्रेसका जिल्ला सभापति राजेशराय यादवको प्रमुख अतिथ्यतामा सो अधिवेशन भएको हो। नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय अध्यक्ष धनबहादुर मास्किरानाको विशिष्ट आतिथ्यतामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको हो।

अधिवेशनमा नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय सदस्य देवेन्द्र शर्मा,योगप्रसाद रिजाल,नवलपुरका जिल्ला समिति सदश्य रामप्रसाद रिजाल,नेपाल प्रेस युनियनका केन्द्रीय सदश्य गणेशराज रिजाल,बारा जिल्ला क्षेत्र नं ३ का पुर्व क्षेत्रीय सभापति मुकेश कुशवाहा,बारा जिल्ला क्षेत्र नं २ का क्षेत्रीय सभापति रामप्रवेश यादव लगायतकाले शुभकामना व्यक्त गर्दै सैनिकहरुले देशको लागि गरेको योगदानको चर्चा गरेका थिए।

उदघाटन सत्रको सञ्चालन पत्रकार भोजराज भट्टराईको थियो। चौथो जिल्ला अधिवेशनको बन्दशत्रको अध्यक्षता निर्वाचन समितिका संयोजक योगप्रसाद रिजालको संयोजकत्वमा निवर्तमान सचिव कृष्णप्रसाद नेपाल तथा सल्लाहकार सदस्य दलबहादुर घले रहेको तीन सदस्यीय निर्वाचन समितिले कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

उपाध्यक्षमा कुल बहादुर गुरूङ र लालकाजी श्रेष्ठ रहेका छन्। सहसचिवमा तोम बहादुर घले कोषाध्यक्षमा शिला गुरूङ सदस्यहरूमा फुलमाया गुरूङ,लालमाया गरूङ,रिकिमाया गुरूङ,सुर्यदेवी गुरूङ,बैकुण्ठ सिलवाल खत्री लगायतका रहेका छन ।

केन्द्रीय प्रतिनिधिमा दलबहादुर घले,लालबहादुर गुरूङ,बैकुण्ठ खत्री,रोमबहादुर कार्की र कुलबहादुर गुरूङ तथा प्रदेश प्रतिनिधिहरूमा तोमबहादुर घले,लालकाजी श्रेष्ठ,अर्जुन घलेशिला गुरूङ र कुलमाया गरूङ चयन भएको संघले जानकारी दिएको छ।

Leave a review