बारामा खेतबाट घर फर्किँदै गर्दा चट्याङ लागेर एक जनाको मृत्यु

संदिप प्रसाद यादव
493 पाठक संख्या

कलैया । बारामा खेतबाट घर फर्किँदै गर्दा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बारा जिल्लाको कोल्हवी नगरपालिका–५ सोनाभार निवासी जनक चौधरीका छोरा अन्दाजी ३६ वर्षीय लुटावन चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार चौधरी आफ्नै खेतबाट काम गरी घर फर्किने क्रममा अन्दाजी ५०० मिटर पूर्वतर्फ बाटोमा हावाहुरी र वर्षासहित परेको चट्याङका कारण घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको डिएसपी पण्डितले जानकारी दिएका छन्।

Leave a review

This will close in 0 seconds