कलैया : प्रतिकुल मौसमको कारण अत्याधिक चिसो बढेपछि बाराको कलैया उपमहानगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगर क्षेत्र भित्रको सामुदायिक तथा संस्थागत बिद्यालयमा दुई दिन जाडो बिदा दिईएको छ ।
कलैया उपमहानगरपालिका उपसचिव प्रहलाद बर्णवालले आईतबार एक सार्वजनिक सुचना जारी गरी बिद्यालयमा बिदा दिईएको जानकारी गराएका हुन ।
मौषम परिवर्तन भई अत्याधिक चिसो बढेकाले बिधालयका बालबालिकाहरुको स्वास्थयमा पर्न सक्ने प्रतिकुल असरलाई मध्य नजर गरी उपमहानगरपालिका भित्र रहेको सबै बिधालयहरुमा माघ ७ गते सोमबार र माघ ८ गते मंगलबार बिधालयमा बिदा दिईएको हो ।
यसैगरी जीतपुरमिरा उपमहानगरपालिकाले पनि आईतबार नै सूचना जारी गरेर अत्याधिक चिसोका कारण नगरका सवै विद्यालयहरुमा एकदिनको जाडो विदा दिएको छ ।
बर्षे बिदा बाट कटृा हुने गरी माघ ७ गते सोमबारका लागि जाडो विदा दिएको नगरपालिकाले जनाएको छ । हाललाई दुई दिन बिदा दिईएको उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ ।
यस्तै बाराको देवताल गाउँपालिकाले अत्यधिक शीतलहरका कारण चिसो बढेको भन्दै ७ गतेदेखि ९ गतेसम्म तीन दिन विद्यालयहरुमा जाडो बिदा दिएको शिक्षा शाखाले जनाएको छ

