सिमरामा भएको शिबिरमा १ सय १९ जनाले गराए स्थायी बन्ध्याकरण

रञ्जन यादव
370 पाठक संख्या

जीतपुर : स्वास्थ्य कार्यालय बाराको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको ब्यवस्थापनमा भएको बन्ध्याकरण शिबिर संचालन भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकामा तिन दिन सम्म सन्तानको रहर पुगेकाकोेलागि सिमरा अस्पतालमा उक्त निशुल्क बन्ध्याकरण शिबिरमा संचालन गरिएको हो ।

शिविररमा एक सय १९ जनाले बन्ध्याकरण गराएका छन् । जसमा एक जना पुरुषले स्थायी बन्ध्याकरण भ्याक्सेटोमि र एक सय १८ जना महिलाले स्थायी बन्ध्याकरण मिनिल्याप गराएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले जनाएको छ ।

शिबिरमा बन्ध्याकरण गर्न आएका सेवाग्राहीहरुलाई घर पुरयाउँने सम्मको काम जीतपुरसिमरा उपमहानगरपालिकाले गरेको थियो । विगतका शिविर भन्दा यसपालिको शिबिरमा नागरिकको उल्लेख्य सहभागिता रहेको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले जनाएको छ ।

अहिले पुरुष भन्दा बढी महिलाको यसमा सभागिता बढ्दै गएकाले आगामि दिनमा अन्धबिश्वास र परम्परागत सोचमा कमी आएमा पुरुषको समेत सहभागिता बढ्न सक्ने बिश्वास जनस्वास्थ्य प्रबद्र्धन शाखाका सिनियर अहेब अधिकृत राकेश चौधरीले बताएका छन ।

त्यस्तै बारा जिल्लाका बिभिन्न स्थानीय तहमा बन्ध्याकरण शिबिर चलाईरहेका शिबिरका फोकल पर्सन राग्वेन्द्र कर्णले शिबिर फागुन ५ गते सम्म चल्ने बताए । उनले अहिले सम्म कोल्हबी नगरपालिकामा ८५ जना र फेटा गाउँपालिकामा ३ सय ४६ जनाले सेवा लिएको उनले जानकारी दिए ।

बाराको सिम्रौनगढ नगरपालिका,पचरौता नगरपालिका,करैयामाई गाउँपालिका,बारागढी गाउँपालिका र सुवर्ण गाउँपालिकामा शिबिर चलाउँन बाँकी रहेको फोकल पर्सन कर्णले बताएका छन ।

बन्ध्याकरण गराउँन आउँनेलाई प्रत्येक ब्यक्ति रु ३ सय र औषधी शिबिरमा ब्यवस्था गरिएको छ । शिबिरमा १ जना डाक्टर सहित ९ जनाले प्राबिधिक सेवा दिईरहेको स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।

Leave a review

This will close in 0 seconds