कोषाध्यक्षबाट गोविन्द शर्माको राजिनामा

साझेदारी दैनिक
299 पाठक संख्या

सिमरा : जनज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेड डुमरवानाका कोषाध्यक्ष गोविन्द शर्माले पदबाट राजीनामा गरेका छन् ।

संस्थाको चौधौं बार्षिक साधारण सभाको अवसरमा सम्बोधन गर्दै कोषाध्यक्ष शर्माले राजिनामा गरेका हुन्। दोहोरो पदमा रहन नपाउने उपमहानगरको कानुनलाई पालना गर्दै आफूले पदबाट राजीनामा दिएको घोषणा उनले साधारण सभालार्ई सम्बोधन गर्दै गरेका हुन् ।

शर्मा उपमहानगरकै डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा कोषाध्यक्ष पदमा निर्वाचित भएका थिए । दुग्ध उत्पादक कृषक समेत रहेका शर्माले जनज्योती सहकारीबाट पद छाडेपनि संस्थालाई आफूले जानेको सल्लाह सुझाव दिदैं संगै रहने बताए ।

जीतपुरसिमरा उपमहानगरका नगर प्रमुख राजन पौडेलले जनज्योती सहकारी र त्यसका सञ्चालकहरुको प्रशंसा गरे । उनले नगर कानुनको पालनाकालागि अग्रसर भएकोमा उपमहानगरका तर्फबाट धन्यबाद व्यक्त गरे ।

बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सतेन्द्र ठाकुरले बारा जिल्लामै उदाहरणीय कार्य गरिरहेको भन्दै सहकारीको प्रशंसा गरे ।

संस्थाका अध्यक्ष भिम बहादुर केसीको अध्यक्षतामा सो कार्यक्रम भएको हो । संस्थाका सचिब यज्ञ प्रसाद तिवारीको सहजीकरणमा सो कार्यक्रम भएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष केसीले संस्थागत प्रतिवेदन,व्यवस्थापक गिता कँडेल सापकोटाले संस्थाको प्रगतिप्रतिवेदन,कोषाध्यक्ष गोविन्द शर्माले आर्थिक प्रतिवेदन,लेखा समिति संयोजक प्रेम पौडेलले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका हुन्।

साधारण सभाले सबै प्रतिवेदनहरु सुझाव सहित पास गरेको सचिब तिवारीले जानकारी दिए । जनज्योती सहकारीले ४५१ महिला सहित ९५४ जना शेयर सदस्यका विचसाढे ६ करोडको कारोबार गरिरहेको छ ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित जनता माध्यमिक विद्यालयबाट २०८० सालको एसईई र कक्षा १२ को परीक्षामाउत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।

Leave a review

This will close in 0 seconds