जीतपुरसिमराले अब शिक्षकको तलब ब्यक्तिगत खातामा पठाउनइने

रञ्जन यादव
249 पाठक संख्या

बारा : बाराका जीतपुरसिमरा उपमहानगरपालिकाले अब शिक्षकहरुको तलब व्यक्तिगत खातामा पठाउने भएको छ ।

उमहानगरपालिकाले नगरका सामुदायिक विद्यालयका शिक्षक, बाल विकास सहायक र अन्य कर्मचारीहरूको तलब मासिक रूपमा उनीहरूको व्यक्तिगत बैंक खातामा पठाउने भएको हो

उपमहानगरपालिकाले यस निर्णयसँगै सम्बन्धित विद्यालयलाई परिपत्र पठाउँदै शिक्षक तथा कर्मचारीहरूको व्यक्तिगत विवरण र कागजात उपलब्ध गराउन निर्देशन दिईसकेको छ ।

यो भन्दा अगाडि जीतपुरसिमरा उपमहानगरपालिकाले सम्बन्धित बिद्यालयको खातमा शिक्षक,बाल विकास सहायक र अन्य कर्मचारीहरूको तलब पठाउँने गरिएको थियो ।

उपमहानगरपालिका माघ २० गते सम्म सवै विद्यालयहरुलाई शिक्षकहरुको बिवरण पेश गर्न निर्देशन दिएको छ । उक्त निर्णयले तलब व्यवस्थापन प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउने विश्वास गरिएको छ ।

आवश्यक कागजातहरू समयमा उपलब्ध गराउन विद्यालय प्रशासनलाई ताकेता गरिएको छ । उपमहानगरपालिकाका अनुसार,यो प्रक्रिया आगामी महिनादेखि लागू हुने जनाईएको छ ।

Leave a review

This will close in 0 seconds