कालो पत्रे सडकमा झरेको माटोले दुर्घटना निम्ताउदै

साझेदारी दैनिक
244 पाठक संख्या

बारा : राजेश कुशवाहा/ कलैया वीरगञ्ज सडक अन्तर्गत पर्ने प्रसौनी गाउँपालिकास्थित दुधौरा खोला पुल देखि विद्यालय सम्मको कालेपत्रे सडकमा झरेको माटोका कारण शुक्रबार बिहान चार वटा मोटरसाईकल दुर्घटनामा परेको छ ।

शितलहरका कारण सडकमा झरेको माटो भिजेर चिप्लो भएपछि मोटरसाईकल दुर्घटनामा परेको हो। सवारी साधन गुडाउन अप्ठयारो भएको चालकहरुले बताएका छन्।

सडक चिप्लो बनेपछि बिहान पांच बजेको समयमा चार वटा मोटरसाईकल मोटरसाईकल दुर्घटनामा परेको प्रत्यक्षदर्शी कलैया १७ निवासी मुकेश महतोले बताएका छन्।

सडक चिप्लो भएकाले आफु पनि दुर्घटनामा परेको गुनासो गरे। माटो ढुवानी गर्ने सवारी साधनहरु माटो छोपेर ढुवानी नगर्दा रोडमा माटो झरेर दुर्घटना निम्ताउने गरेको उनले बताए ।

बिगत केही दिन देखि शितलहरले रोड भिजेका कारण सवारी साधनहरु चिप्लिएर दुर्घटनामा पर्ने गरेका छन्।

माटो ढुवानी गर्ने सवारी साधन माथि कडाई नभएकाले क्षमता भन्दा बढी माटो लोड गरी ढुवानी गर्ने गरेका छन्। उनले सडक सुरक्षामा ध्यान दिन स्थानीय सरकारसंग माग गरे।

Leave a review

This will close in 0 seconds