कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कलैया उपमहानगरपालिका–५ को वडा समिति अधिवेशनबाट सागर मेहता सर्वसम्मत रूपमा सभापतिमा चयन भएका छन्।
शुक्रबार कलैया उपमहानगरपालिका–५ को घुसुकपुरस्थित बेलपाती युवा क्लबको प्राङ्गणमा आयोजित वडा समिति अधिवेशनबाट मेहताको नेतृत्वमा नयाँ वडा समिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
अधिवेशन प्रमुख संजय साहका अनुसार उपसभापतिमा इन्द्रदेव प्रसाद यादव र सचिवमा चन्दन ठाकुर सर्वसम्मत रूपमा चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा उमेश प्रसाद साह कानु, सीता देवी कुर्मिन, उमा देवी थवई, नाजमा खातुन, विक्की कुमार गुप्ता, ध्रुव कुमार साह, चन्दन मण्डल र रेखा देवी सोनार सर्वसम्मत रूपमा चयन भएका छन्।
उक्त अधिवेशनमा रास्वपाका प्रमेश्वर कुशवाहा, जाटा यादव, सुरज सुवेदी, सुमित घिमिरे, रवि यादवलगायत वडा सदस्यहरूको उपस्थिति रहेको थियो।


