रेडक्रस सेवाको क्षेत्रमा अग्रपक्तिमा छ – मियां

साझेदारी दैनिक
288 पाठक संख्या

बारा :राजेश कुशवाहा/ नेपाल रेडक्रस सोसाईटी मधेश प्रदेशका अध्यक्ष फूलमहमद मियाले रेडक्रस सेवाको क्षेत्रमा अग्रपक्तिमा रहेको बताएका छन ।

नेपाल रेडक्रस सोसाईटी बाराको चौथो बार्षिक साधारण सभा तथा शालिक अनावरण कार्यक्रमलाई शनिबार प्रमुख आतिथ्य बाट सम्बोधन गर्दे अध्यक्ष मियाले यस्तो बताएका हुन ।

उनले रेडक्रस मानविय सेवामा सर्मपित रहेको बताएका छन । बिपद र द्वन्दमा परेको उद्धारमा रेडक्रस जहिले पनि सहयोगी बन्ने उनको भनाई रहेको थियो । नेपाल रेडक्रस सोसाईटी बारा बिगत ५४ बर्ष देखि मानविय सेवा गरी रहेको उनले जानकारी दिए ।

उनले नेपाल रेडक्रस सोसाईटी बाराका संस्थापक स्व हरिलाल अग्रवालको श्रीमति कुसुक अग्रवाल उत्कृष्ट रेडक्रस स्वयंम सेवक पुरस्कार स्थापना गर्न स्व अग्रवालको परिवार संग आग्रह गरे ।

उक्त अवसरमा नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य शम्भु बहादुर कार्की,डा. केशव अग्रवाल,समाजसेवी चन्द्र शेखर अग्रवाल,नेपाल क्षयरोग निवारण संस्था बाराका अध्यक्ष सुरेश मोदक,नेपाल भारत मैत्री संघका अध्यक्ष हिरालाल साह लगायतकाले साधारण सभाको सफलताको कामना गरे ।

सोसाईटी बाराका सभापति राजेन्द्र सिंह खडकाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत उपसभापति शम्भु प्रसाद कुशवाहा एवम सञ्चालन तेजनारयण जयसवालको रहेको थियो ।

उक्त कार्यक्रममा रेडक्रस सोसाईटी मधेश प्रदेशका महासचिव दिब्यनाथ श्रेष्ठले कार्यक्रमको उदेशय बारे प्रकाश पारेका थिए । सो अवसरमा नेपाल रेडक्रस सोसाईटी बाराका संस्थापक स्व. हरिलाल अग्रवालको शालिक अनावरण गरिएको छ ।

रेडक्रस सोसाईटी मधेश प्रदेशका अध्यक्ष फूलमहमद मिया र सोसाईटी बाराका सभापति राजेन्द्र सिंह खडकाले संयुक्त रुपमा गरेका हुन । स्व. अग्रवालका घरपरिवारले अक्षय कोष स्थापना गर्न रेडक्रस सोसाईटी बारालाई रु पाच लाख रुपैया प्रदान गरेको छ ।

सोही अवसरमा राजेशवर गौतम,कलैया उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष किशुन प्रसाद यादवले रु २५ हजार रुपैया सहयोग गरी बिशिष्ट सदस्यता लिएका छन । भने एक लाख भन्दी बढी राशी सहयोग गरी माधव प्रसाद अग्रवाल,केशव अग्रवाल,अञ्जली टिवडेवाललाई प्रमाण पत्र प्रदान गरिएको छन ।

भने सोही अवसरमा सोसाईटी बाराका उप कोषाध्यक्ष राम कुमार उप्रेतीले कविता वाचन गरेका थिए । उक्त अवसरमा सोसाईटी बाराका सदस्य,उपशाखाका सभापति लगायतको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds