वरियारपुरमा चोरीका घटना बढ्दो, प्रहरी तस्करलाई लाईन दिनमै व्यस्थ रहेको आरोप

साझेदारी दैनिक
साझेदारी दैनिक 585 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

पछिल्लो केही दिन यता बाराको वरियारपुर क्षेत्र आसपासमा चोरीका घटनाहरुमा बढोत्तरी आईरहेको छ । महागढीमाई नगरपालिकाममा पर्ने उक्त क्षेत्रमा चोरीका घटनाहरु बढ्न थालेपछि स्थानीयहरुले असुरक्षित महशुस गरि रहेका छन ।

नगरपालिकाका विभिन्न वडाहरुमा चोरीका घटनाहरु बढि रहेको वडा नम्बर ८ का वडा अध्यक्ष जहिर मियाँले जानकारी गराए । वडा ८ स्थित ब्रहमपुरी टोलका बुधन यादव र रामपुकार कुशवाहाको घरमा नगद ३० हजार सहित गरगहना तथा लताकपडा चोरी भएको एक साता वितिसक्दा पनि चोरहरु पक्राउ पर्न नसकेका वडाअध्यक्ष मियाले बताए ।

वडा अध्यक्ष मियाँको अनुसार चोरी भएको एक हप्ता विति सक्दा समेत स्थानिय प्रहरीले चोरहरुलाई समात्न नसक्नुले प्रहरी प्रशासनमाथी नै प्रश्न चिन्ह खडा भएको बताउछन । चोरीमा संलग्नलाई पक्राउ गर्न नसक्दा प्रहरीकै संलग्ना भएको हो की भन्ने कतिपयको आशंका छ ।

शान्ति सुरक्षाको जिम्मा पाएको वरियारपुर प्रहरी चौकी शान्ति सुरक्षा भन्दापनि तस्करीलाई लाईन दिन व्यस्त भएकाले पनि चोरीका घटनाहरु भईरहेको कतिपय स्थानीयहरुको आरोप छ । वरियारपुर प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलि गरेर ल्याएका सामानहरु ल्याउँने तस्करसँग पैसा लिएर लाइने खोल्ने गरेको आरोप उनिहरुको छ।

नगरपालिकास्थित मैनीटोल निवासीले केहि दिन अगाडी गुट्खा र सुर्ती जन्य पदार्थ सामग्रीको तस्कर गर्ने दुई तस्करलाई समातेर सुरक्षाकर्मीलाई जिम्मा लगाएपनि प्रहरीले उनीहरुमाथि कारवाही नगरी छाडेको स्थानीयले आरोप लगाएका छन ।

तर वरियारपुर प्रहरी चौकीले भने शान्ति सुरक्षाका लागि आफुहरुले कुनै कसर वाँकी नराखेको बताएको छन । प्रहरी चौकीका प्रहरी नायव निरीक्षक (सई) प्रमोद साहले चोरी कार्यमा संलग्नहरुको खोजी भईरहेको र नगरमा शान्ति सुरक्षामा प्रहरीले लापरवाही नगरेको प्रतिबद्धता व्यक्त गरेका छन ।

समाचार शेयर गर्नुहोस
Leave a review