मेयर बैजनाथ यादवले गरे सपहीमाई मन्दिरको शिलान्यास

साझेदारी दैनिक
299 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव / रौतहटको माधवनारायण नगरपालिका –४ विशुनपूर्वामा शनिबार एक कार्यक्रमविच सपहीमाई मन्दिरको शिलान्यास गरिएको छ।

माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले मन्दिरको शिलान्यास गरेका हुन्।

सो मन्दिरको मेयर यादवले विधिपूर्वक पूजा अर्चना सहित शिलान्यास गरेका हुन्।

पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने भएकाले उक्त मन्दिरलाई चासोका साथ निर्माण गर्न लागिएको मेयर यादवले साझेदारी दैनिकलाई बताए।

नगरपालिकाको १० लाख रुपैयाँको लागतमा उक्त मन्दिर निर्माण हुन लागेको छ। आगामी असार मसान्तसम्म उक्त मन्दिर निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ।

शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका मधेश प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताको विशेष उपस्थिति रहेको थियो। सो कार्यक्रममा जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो।

Leave a review