बृज किशोर चौधरी दोस्रो कार्यकालको लागि एमाले बारागढी अध्यक्षमा भए चयन

साझेदारी दैनिक
417 पाठक संख्या

कोल्हवी : धिरेन्द्र पनुहर/नेकपा एमाले बारागढी गाउँपालिकाको बन्द सत्रबाट मंगलबार ३५ सदस्यीय नया कार्य समिति सर्वसम्मतले चयन भएको छ।

नयाँ कार्य समितिको अध्यक्ष पदमा दोस्रो कार्यकालको लागि बृजकिशोर चौधरी चयन भएका हुन्।

त्यस्तै उपाध्यक्षमा छठुराउत अहिर,सचिवमा दिपक चौधरी,सह सचिवमा अच्छेलाल राम सबिता सहनी चयन भएका हुन्। सदस्यहरुमा रिता कुमारी चौधरी,प्रहलाद चौधरी,शारदाशंकर सहनी, श्री सहनी,पचिया देवि चमैन,शिउ मुखिया बिन,चुनी सहनी,राधेश्याम प्रसाद चौधरी,प्रमिला चौधरी लगायतका रहेका छन।

दोस्रो कार्यकालको लागि जिम्मेवारी पाए पछि नव निर्वाचित अध्यक्ष बृज किशोर चौधरीले बारागढी गाउँपालिकामा नेकपा एमालेलाई सबै जनताको लोकप्रिय् पार्टी बनाउने प्रतिवद्धता गरे। आफ्नो अगाडिको कार्यकालमा बाकी रहेका कार्यहरु यो कार्यकालमा सफलतापूर्वक पूरा गर्ने र भूमाफियाहरुले यस पालिकाको विभिन्न वडामा रहेको जग्गालाई किर्ते गरी आफ्नो नाममा दर्ता गराएका जग्गाहरु फिर्ता गराउन अहम् भूमिका खेल्ने बताए।

यहाँ रहेका स्वास्थ्य,शिक्षा,किसान,महिला,दलितहरुको समस्याको बारेमा यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य अच्युत मैनालीलाई ज्ञापनपत्रसमेत दिएको उनले बताए।

गत शनिबार उद्घाटन कार्यक्रमलाई पूर्व मन्त्री एवम् बारा जिल्ला इञ्चार्ज ज्वालाकुमारी साहले उद्घाटन गरेकी थिइन्। नयाँ कार्य समितिले जनताको हक हितको लागि काम गर्ने एमालेका स्थानीय नेता अर्जुन चौधरीले बताए।

Leave a review