कलैया उपमहानगरपालिका वाड नम्बर २० बसतपुरमा खानेपानी आयोजनाको डिप बोरिङ्ग निर्माण कार्य सुरुवात भएको छ ।
यूनिसेफको आर्थिक सहयोग र जन जागरण युवाक्लब (जेजेवाईसी) बाराको आयोजनामा संचालित सुरक्षित खानेपानी योजना कार्यक्रम अन्तर्गत उक्त वडामा करिब ४० हजार लिटर क्षमताको ओभर हेड टंकी निर्माण हुने भएको छ ।
डिप बोरिङ्गको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले शुक्रवार एक कार्यक्रमवीच गरेका छन । उक्त अवसरमा बोल्दै नगरप्रमुख यादवले टोलबासीलाई सुरक्षित खानेपानी उपलब्ध गराउन आफु सधै तयार रहेको र आवश्यक परे थप सहयोग उपलब्ध गराउने प्रतिबधता व्यक्त गरेका छन ।
सो अवसरमा वडा नम्बर २० का वडा अध्यक्ष इमानुदिन अंसारी, नेरामाबि वसतपुरका प्राधानाध्यापक लगायत अन्य समाजसेवी र बुदिजिवीहरुको उपस्थिति जेजेवाईसीका कार्यक्रम टिम लिडर सुरेन्द्र चौरसियाले जानकारी गराएका छन ।
उक्त खानेपानी आयोजनाको युनिसेफ, कलैया उपमहानगरपालिका र समुदाय श्रमदान गरि कु लागत रु ७८ लाख ५६ हजार दुई सय ५५ रहेको जन जागरण युवा क्लबका अध्यक्ष भैयाराम यादबले बताएका छन । जसमा समुदायको लागत सहभागिता पाइप लाइन खन्ने, ओछयाउने तथा भर्ने रहेको अध्यक्ष यादवले बताए ।