पुर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिको समर्थनमा कलैयामा प्रदर्शन

साझेदारी दैनिक
621 पाठक संख्या

कलैया : पुर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिको समर्थनमा बाराको कलैयामा राजाबादीहरुले जुलुश प्रदर्शन गरेका छन ।

कलैया स्थित सिद्धेशवर बिधालयबाट शुरु भएको जुलुशले कलैया नगरको बिभिन्न भाग परिक्रमा गरेको थियो । नगरपरिक्रमा पशचात राजाबादीहरु कलैयाको भरत चोकमा पुगेर कोण सभाको आयोजना समेत गरेका थिए ।

राष्ट्रिय शक्ति नेपाल बाराका अध्यक्ष सुरेश कुशवाहाको अध्यक्षतामा भएको उक्त कोणसभामा राजाबादी असर्फीलाल साह,रामबाबु साह,बलिराम पासवान लगायतकाले राजा आएर देशलाई जोगाउनु पर्नेमा जोड दिएका थिए । उक्त कोणसभामा सञ्चालन मुनिलाल साहको रहेको थियो ।

उक्त अवसरमा राजाबादीहरु अरबिन्द प्रधान,सतार मिया,देवराज साह लगायतको सहभागिता रहेको थियो ।

Leave a review