जेनजी आन्दोलनमा लुटिएका केही सामान स्थानीयले गरे फिर्ता

साझेदारी दैनिक
301 पाठक संख्या

कलैया : युनिक यादव / बाराको विश्रामपुर गाउँपालिकाको कार्यालयबाट जेनजी आन्दोलनका क्रममा लुटिएका केही सामान स्थानीयले फिर्ता गरेका छन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरीले केहि सामान फिर्ता आएको जानकारी दिएका छन् ।

फिर्ता गर्ने व्यक्तिहरूको नाम गोप्य राखिने स्पष्ट गर्दै अझै हराएका अन्य सामानहरू पनि फिर्ता गर्न गाउँपालिकाले सबैसँग आग्रह गरेको छ।

यसअघि आन्दोलनको क्रममा गाउँपालिका भवनका विभिन्न कोठामा तोडफोड तथा आगजनीसमेत भएको थियो।

गाउँपालिकाले स्थानीयलाई सहयोगका लागि धन्यवाद दिदै सार्वजनिक सम्पत्ति सुरक्षित राख्न सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरेको छ।

Leave a review