कलैया : बारा प्रहरीले ६३ हजार पाँच सय बराबरको अवैध घरेलु मदिरा बारा प्रहरीले नष्ट गरेको छ।
प्रहरी कारवाहीको सिलसिलामा शुक्रबार राति इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार मण्डलको कमाण्डमा खटिएको प्रहरी टोलीले चार वटा भट्टी नष्ट गरेको हो।
प्रसौनी गाउँपालिका वडा नं. ०१ खटुवामा २ वटा भट्ठी नष्ट,प्रसौनी २मा १ वटा भठ्ठी तथा फेटा गाउँपालिका वडा नं. ०१ त्रीवेणीमा १ वटा भठ्ठी नष्ट प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीले आठ हजार बराबरको ८० लिटर तथा कच्चा पदार्थ– ९२५ लिटर ५५हजार पाँच सय रुपैयाँ बराबरको प्रहरीले नष्ट गरेको हो।


