पर्सामा १६ कठ्ठामा लगाइएको गाँजा खेती फडानी गरी नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय ठोरी,सेढवा र प्रहरी चौकी महादेवपट्टीबाट खटिएको संयुक्त प्रहरी टोलीले सो गाँजा नष्ट गरेको हो ।
प्रहरीले ठोरी गाउँपालिका–४ र जिराभवानी गाउँपालिका–१ स्थित छ कठ्ठा एक धुरमा अवैध रूपमा लगाएको गाँजाको बोट,फडानी गरी नष्ट गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक संतोष राईको कमाण्डमा खटिएको एक टोलीले समेत गाँजा नष्ट गरेको हो ।
यस्तै ठोरी गाउँपालिका वडा नं.३ र ४ स्थित १० कठ्ठा खेतमा अवैध रूपमा लगाईएको गाँजाको बोट फडानी गरी नष्ट गरिएको डिएसपी थापाले बताए ।
गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान गरी खोजी कार्य भईरहेको पर्सा प्रहरीले जनाएको छ ।


