कलैया : बारा प्रहरीले अवैध रुपमा सञ्चालनमा रहेको आठ वटा मदिरा भट्टि प्रहरी द्वारा नष्ट गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।
अस्थायी प्रहरी पोष्ट लंगडा चोकबाट खटेको प्रहरी टोलिले पचरौता नगरपालिका वडा नम्बर ८ स्थित छबकहिया टोलमा रहेको एक सय लिटर कच्चा पदार्थ र चार वटा मदिरा भट्टि नष्ट गरेको हो।
प्रहरीले आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ स्थित बतरामा एउटा मदिरा भट्टि तथा २१ लिटर कच्चा पदार्थ नष्ट गरेको हो।
आदर्श कोतवालको टेढाकट्टीबाट ६० लिटर कच्चा पदार्थ तथा दुई वटा भट्टि प्रहरीले नष्ट गरेको हो। यस्तै पटेर्वाबाट ७० लिटर कच्चा पदार्थ तथा एउटा मदिरा भट्टि प्रहरीले नष्ट गरेको हो।


