वीरगञ्ज : मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले बुधबार वीरगञ्जमा रहेकोे नेपाल ईन्डो आँखा अस्पताललाई बन्द गर्न निर्देशन दिएका छन्।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ प्रतिमा चोकमा सञ्चालनमा रहेको नेपाल इन्डो अस्पताललाई बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका हुन्। अस्पतालले अस्पताल स्वास्थ्य संस्था कानुन बमोजिम अस्पताल सेवा सञ्चालन स्वीकृति नलिएको कागजातबाट देखिएकोले बन्द गर्न भनेका हुन्।
मुख्य मन्त्री सिंहले अस्पतालमा हाल उपचाररत बिरामीहरुलाइ अन्य अस्पतालमा स्थानान्तरण गर्न,नयाँ बिरामीको भर्ना एवम् उपचार पूर्ण रूपमा बन्द गर्न उनले निर्देशन दिएका हुन्। वीरगञ्जमा संचालित विभिन्न अस्पतालहरुमा पुगेर मुख्यमन्त्री सिंहले अनुगमन गरेका हुन ।
अनुगमनको क्रममा उनले अस्पतालले दिने सेवा सुबिधा,नियम अनुसार बिरामी लाई अस्पतालबा उपलब्ध हुने छुट सुबिधा,अस्पतालहरुको दर्ता,कानुन अनुसार संचालित रहे नरहेको बारेमा सोधपुछ गरेका थिए।
मधेसमा थुप्रै अस्पताल तथा स्वास्थ्य संस्थाहरु बिना अनुमती गैरकानुनी रूपमा सञ्चालनमा रहेको पाइएपछि मुख्यमन्त्री सिंहले आफै अनुगमन गर्दै आएका छन्।यस अघि उनले प्रदेशको राजधानी जनकपुरमा पनि विभिन्न अस्पतालको अनुगमन गरी बिना दर्ता र मापदण्ड बिपरित सन्चालनना रहेका आधा दर्जन भन्दा बढी अस्पताल बन्द गराइ सकेका छन्।

