शिक्षा विधेयक २०८२ तत्काल लागु गर्नु पर्ने माग गर्दै कलैयामा र्‍याली

साझेदारी दैनिक
403 पाठक संख्या

कलैया : शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति बाराले सोमबार कलैयामा र्‍याली प्रदर्शन गरेको छ ।

शिक्षक महासंघ र नेपाल सरकार बीच भएको सम्झौता बमोजिमको शिक्षा विधेयक २०८२ तत्काल लागु गर्नु पर्ने माग गर्दै समितिले र्‍याली प्रदर्शन गरेको हो। कलैयास्थित देवकी लाल धर्मशालाबाट र्‍याली शुरु भएको हो। र्‍यालीले कलैया नगर परिक्रमा गरेको थियो।

समितिले विद्यालयहरुमा अनिवार्य अतिरिक्त कियाकलापलाई प्रोत्साहन गरियोस,प्रविधिमैत्री र रुपान्तरणकारी शिक्षाको लागि आवश्यक नीति तथा बजेटको व्यवस्थापन गरियोस,सार्वजनिक विधालयहरुमा प्रवाप्त शिक्षकको व्यवस्था गरी गुणस्तरिय,समावेशी शिक्षा सुनिश्चित गरियोस,आपतकालको समयमा सिकाई निरन्तरता र शैक्षिक अधिकारको सुनिश्चित होस लगायतको माग गरेको छ।

यसैगरी सरकारी कर्मचारी तथा जनप्रतिनिधिका बालबालिकाहरुलाई अनिवार्य रुपमा सार्वजनिक विद्यालयमा भर्ना गरी पठन पाठनको सुनिश्चिता गरियोस,स्थानीय तथा प्रदेश सरकारले शिक्षामा लगानी २०% सुनिश्चित गरियोस,विद्यालयमा दण्डरहित र भयमुक्त शिक्षा लागु गरियोस,विद्यालय बालमैत्री र अपाङ्गमैत्री बनाउनका लागि वातारण सुनिश्चित गरियोस,सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चिता,विद्यालयहरुमा अनिवार्य अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गरियोस,प्रत्येक विद्यालयमा प्राविधिक शिक्षाको सुनिश्चित गरियोस लगायतको माग समितिको रहेको छ।

शिक्षाका लागि बिश्व ब्यापी कार्य सप्ताह २०८२ अन्र्तगत निःशुल्क गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ,मूल नाराका साथ उक्त र्‍याली निकालिएको हो। र्‍याली प्रदर्शन पश्चात भरत चोकमा कोण सभाको समेत आयोजना गरिएको थियो।

समितिका जिल्ला संयोजक उत्तिमलाल चौरसियाको अध्यक्षतामा भएको कोणसभामा नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दास,प्रेस सेन्टर नौपालका केन्द्रीय सदस्य रामबाबु मेहता,शिक्षक फोरमका जिल्ला अध्यक्ष पारस साह लगायतकाले नेपाल शिक्षक महासंघ र सरकार बिच भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका थिए ।

कोण सभाको सञ्चालन बृजमोहन कुशवाहाको रहेको थियो।

Leave a review