बारामा बनका अतिक्रमित जग्गाहरूलाई पुनः बन क्षेत्रमै फर्काउन कुनै कसर बाँकी नराख्नेः प्रजिअ अधिकारी

रञ्जन यादव
635 पाठक संख्या

जीतपुर :बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बन क्षेत्रअतिक्रमित जग्गाहरूलाई पुनः बन क्षेत्रमै फर्काउन कुनै कसर बाँकी नराख्ने बताएका छन ।

बाराको सिमरा बिहीबार सम्पन्न जिल्ला स्तरीय सुरक्षा निकायसँग अन्तरक्रिया गोष्ठीमा बोल्दै प्रजिअ अधिकारीले यस्तो बताएका हुन । उहाले बन कार्यालयलाई योजनाबद्ध तरिकाले अगाडि बढ्न आग्रह गर्दै अतिक्रमण हटाउने कार्यमा दृढताका साथ गृहकार्य गर्न निर्देशन दिएका छन ।

कार्यक्रममा बोल्दै उहाले पदमा,हैसियत वा संस्था जेसुकै भए पनि बन क्षेत्र अतिक्रमण गर्ने कसैलाई पनि छुट नरहेको स्पष्ट पार्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले कानुनको दायरामा रही बन संरक्षणमा सबैको सहभागिता आवश्यक रहेको बताएका छन ।

डिभिजन बन कार्यालय बाराको आयोजनामा उक्त गोष्ठी भएको हो । गोष्ठीमा बाराको बन क्षेत्रको वर्तमान अवस्था,अतिक्रमित बनजंगल र कार्यदौरान देखिएका चुनौती तथा समस्याहरूका बारेमा छलफल गरिएको थियो ।

सो अवसरमा डिभिजनल बन अधिकृत राजीव कुमार झाले बाराको बन क्षेत्रका समस्या,अतिक्रमणको अवस्था तथा समस्या समाधानका उपायहरूबारे जानकारी गराए थिए । संरक्षण र पुनस्र्थापनामा भइरहेको प्रयासबारे समेत काम भईरहेको प्रमुख झाले अवगत गराएका थिए।

गोष्ठीमा सुरक्षा निकाय,स्थानीय प्रशासन र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। गोष्ठिमा बाराका प्रहरी उपरिक्षक सन्तोष तमाङ्ग,रिपुमर्दन गणका गणपती अशोक क्षेत्री,सशस्त्र प्रहरी उपरिक्षक खुम बहादुर केसी.,उपअनुसन्धान निर्देशक दिपक खड्का,ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक सुभद्रा वाईवा,मालपोत कार्यालय सिमराका प्रमुख ईन्द्रदेव पाण्डे,नापी शाखा सिमरा प्रमुख राधेश्याम साह लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रमको सञ्चालन रेञ्जर निरज पोख्रेलले गरेका थिए ।

Leave a review

This will close in 0 seconds