Sajhedari Daily
Latest News from Nepal

जे देखियो त्यही लेखियोँ, जिल्लाको एकमात्र अस्पताल कलैया अस्पतालको हालत ।

Top Aside Banner

–युनिक यादव/
बिगत केही दिनदेखि उपचारमा छु । चिकित्सकको सुझावले म आईतवार बिहान कलैया अस्पतालमा एक्से्र गराउन गएको थिए । तर त्यहाँ त जाने बितिकै रुनु न हास्नु बाध्य बनायो ।

त्याहा रहेका एक्से्र फाँटका कर्मचारीलाई भने मेरो एक्से्र गराउनु छ । तर एक्कासि कर्मचारीले भने कलैया अस्पतालमा एक्से्र मेशिन बिग्रेको छ । बाहिर गएर गराउनुस । मैले फेरि सोधे कहिलेदेखि एक्से्र मेशिन बिग्रेका छ ? जवाफमा त्याहाका कर्मचारीले भने बिगत एक हप्ता देखि विग्रेको बताए ।

आपूर्ति महाशाखाबाट इन्जिनियर आउने बताए । त्यस लगतै मैले कलैया अस्पतालका मे.सु बिरेन्द्र मण्डललाई सम्पर्क गरि उहासंग सोधः मैले आफ्नो छातीको एक्स्रे गराउन अस्पतालमा आएको तर एक्स्रे गने मेशिन नै छैन ? र उहाले जवाफमा फेरि भन्नूभयो दुई दिनदेखी विग्रेकोे छ, हामीले पत्र काटेका छौं । भरतपुरबाट टेक्निसियन आउँछ अनि बन्छ डा.मेसु ले भने, ।

त्यसपछि मैले कलैया कै नीजि ल्याबमा गएर आफ्नो एक्स्रे गराए । यति मात्र कहाँ हो र भर्खर केहि दिन अगाडि पनि यस कलैया अस्पतालमा एउटा साधारण बल्ड म्याचिङ्ग नहुँदा एउटा गर्भवतिको अवस्था चिन्ताजनक बनेको थियो।

यस कलैया अस्पताल जिल्ला अस्पतालको रुपमा रहेको भए तापनि यहाँ सानोभन्दा पनि सानो समस्या लिएर आउने सेवाग्रहीले उपचार पाउदैनन । सबै काम बाहिरबाटै गराएर ल्याउनु पर्ने बाध्यतामा सेवाग्रहीहरु सेवा लिन बाध्य छन तर सम्वन्धित निकाय भने मौन रहेको छ यस्तो किन? भन्ने प्रश्न उब्जीएको छ ।

मैले साचे, “मैले त बाहिर गएर निजि ल्याबमा गएर चेक गराए तर गरिब जो गाउँबाट आउँछन उनिहरु कहाँ गएर गराउछन त बाहिर जादा महङ्गो भित्र अस्पतालमा गराउन एक्स्रे मेशिन नै छैन ।“ यस्तो अवस्था हुँदा पनि सम्वन्धित निकाय सबै मौन किन रहेका छन । के सबै भ्रष्टाचारमा नै लिप्त भएकै हुन त ?