वीरगन्ज : पर्साको वीरगञ्जमा बुधबार विहान चट्याङले लागेर एक बालककोे मृत्यु भएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ टेढा गाउँका भगन माझीका छोरा १५ वर्षीया शिवशंकर माझीको चट्याङले लागेर मृत्यु भएको हो ।
पर्सा प्रहरीका अनुसार बुधबार बिहान ४ बजेतिर शिवशंकर घरमा सुतिरहेका बेला अचानक चट्याङ परेको र त्यसपछि उनि सास फेर्न गाह्रो भएको भन्दै आँफै घरबाट निस्किएर अलिकती अगाडी बढ्दै गर्दा लडेर बहोस थिए ।
उनी बेहोस भएर ढलेपछि त्यसपछि स्थानीयहरुले स्वास्थ्यकर्मीसंग चेकजाँच गराउदा शिवशंकरको मृत्यु भइसकेको घोषणा गरेकोे प्रहरीले जनाएको छ ।
मृतक शिवशंकरको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय प्रर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन ।


