कलैया । पर्सा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका तेह्र जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पर्सा जिल्ला अदालतमा रहेको फैसला कार्यन्वयनको सिलसिलामा लगत बमोजिम विभिन्न मुद्दाका फरार प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरी पर्सा जिल्ला अदालतमा दाखिला गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चेक अनादर मुद्दाका ६ जना ,चोरी मुद्दाका एक जना,कुटपिट मुद्दाका २ जना, घरेलु हिंसामा तीन जना तथा विगो भरी भराउ मुद्दा का १ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको हो। उनीहरुबाट २ वर्षकैद र ३३ हजार पाँच सय रुपैया असूल गर्न बाँकी रहेको छ।


