सप्तरीमा डाँका समूहद्वारा लुटपाटसँगै एकको हत्या

रासस
391 पाठक संख्या

राजविराज (सप्तरी) । डाँकाको एक समूहले सुरुङगा नगरपालिका–८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ ।

बिहीबार राति डाँकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले राससलाई जानकारी दिनुभयो । डाँकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते हुनुभएको छ ।

चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाँकाहरूको खोजी भइरहेको बताएको छ ।

Leave a review

This will close in 0 seconds