जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले “उज्यालो, सुरक्षित र आधुनिक सहर” निर्माण गर्ने उद्देश्यका साथ “उज्यालो जीतपुरसिमरा अभियान” लाई निरन्तर अगाडि बढाइरहेको छ ।
उपमहानगरले यस अभियान अन्तर्गत विभिन्न वडाहरूका मुख्य बजार क्षेत्र, हाइवे, टेलिकम चोक, बजनी चोक, एयरपोर्ट क्षेत्र, घन्टीमाई चोक लगायतका प्रमुख स्थानहरूमा टावर लाइट स्थापना कार्य तीव्र गतिमा अगाडि बढाइरहेको जनाएको छ।
रातको समयमा यातायात, पैदलयात्री र स्थानीय बासिन्दाहरूको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न यी प्रकाश व्यवस्थाहरूले ठूलो सहयोग पुर्याउने विश्वास उपमहानगरले व्यक्त गरेको छ ।
उपमहानगरका अनुसार, अभियानको उद्देश्य सडकहरू उज्यालो बनाउने मात्र नभई सहरमा सुरक्षा, सहजता र सौन्दर्य थप्ने हो। टावर लाइटहरूको उज्यालोले सहरका कुनाकुनामा जीवन्तता ल्याउने ररातको समयलाई पनि सुरक्षित तथा सक्रिय बनाउने लक्ष्य लिइएको छ।
उपमहानगरले नागरिकहरूलाई यो अभियानमा सहयोग, सुझाव र सहभागिता जनाउन आग्रह गर्दै भनिएको छ —“आउनुहोस्, हामी सबै मिलेर हाम्रो उपमहानगरलाई उज्यालो, सुरक्षित र सुन्दर जीतपुरसिमरा बनाऔँ।


