करैयामाई गोल्डकपः बारा ११ बिजयी

साझेदारी दैनिक
603 पाठक संख्या

कोल्हवी : धीरेन्द्र पनुहर / बाराको करैयामाई – ७ उमजनमा जारी दोस्रो करैयामाई गोल्डकप २०८२ अन्तर्गत भएको खेलमा बारा ११ विजयी भएको छ। आइतबार भएको खेलमा उसले योङ स्टार निजगढलाई शून्यको बिरुद्ध ४ गोलले बिजयी भएको छ।

खेलको मध्यान्तर अघिको खेलमा १४ मिनेट जादा बारा ११ का जर्सी न १४ का कृपा चौधरीले पहिलो गोल गरे। त्यस्तै खेलको दोस्रो हाफको ३७ मिनेट जादा जर्सी न १६ का ओम धामीले दोस्रो गोल गरेका थिए।

बारा ११ कै जर्सी न १० का बिवेक चौधरीले खेलको ४४ औ मिनेटमा तेस्रो गोल गरि आफ्नो टिमलाई ० को विरुद्ध ३ गोलले अग्रता दिलाएका थिए। बारा ११ कै जर्सी न १५ का अन्जन बच्छारले खेलको ५२ औ मिनेटमा चौथो गोल गरि ० को विरुद्ध ४ गोलले आफ्नो टिमलाइ बिजयी गराउन सफल भएका थिए।

खेलको मैन अफ द म्याच बारा ११ का कृपा चौधरी घोषित भए। उनलाई करैयामाई गाऊपालिका वडा न ७ का वडा अध्यक्ष बिरिज चौधरीले पुरस्कार प्रदान गरे। प्र तियोगिता अन्तर्गत सोमबार ए पि एफ बर्दिबास र पशुपति युवा क्लब रौतहटको बिरुद्ध खेल हुने आयोजक क्लबका सचिव गोपाल प्रसाद चौधरीले जानकारी दिए।

प्रतियोगिताको बिजेता टिमले नगद रु. ६० हजार र उप विजेता टिमले रु. ३० हजार शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। गोल्डकपको मुख्य प्रायोजक करैयामाई गाउँपालिका रहेको छ ।

Leave a review

This will close in 0 seconds