संविधान दिवसलाई मधेसी दलहरूले ‘कालो दिन’ का रूपमा मनाए

साझेदारी दैनिक
277 पाठक संख्या

वीरगन्ज : यो संविधान सर्व स्वीकार्य नभएको भन्दै सात दलीय ‘संयुक्त लोकतान्त्रिक मोर्चा’ले संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा मनाएका छन ।पर्साको वीरगञ्जमा शुक्रबार हातमा कालो पट्टी बाँधेर मधेसी दलहरुले विरोध जनानाएका छन ।

उनीहरुले यो संविधानले संविधानले मधेस र मधेसी जनालाई विभेदपूर्ण गरेको भन्दै मोर्चाले विरोध जनाएको हो । कार्यक्रमलाई विम्बोधन गर्दै नेताहरुले संविधानमा त्रुटी रहेकोले सच्याउन आवश्यक रहेको बताएका छन ।

‘संविधान जारी भएको दिन मधेसी दलहरुले ब्ल्याकआउट गरेका थिए । विरोध कार्यक्रम पुर्व मधेसी दलका नेताहरुले घण्टाघरस्थित शहीद स्मारक पार्कमा मधेस आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको सालिकमा माल्यार्पण समेत गरेका थिए।

विरोध कार्यक्रममा जसपा नेपालका नेताहरु शशीकपुर मियाँ,करिमा बेगम, राष्ट्रिय मुक्ति मोर्चाका नेता निजामुदिन समानी लगायतकाले सम्बोधन गरेका थिए ।

Leave a review

This will close in 0 seconds