पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा तीन जनाको मृत्यु

साझेदारी दैनिक
349 पाठक संख्या

कलैया : पाँचथर जिल्लाको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा त्यहा कार्यरत बाराका तीन जनाको मृत्यु भएको छ ।

मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदीम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज शनिबार बेलुका खसेको थियो ।

निर्माणाधिन उक्त बेलिब्रिज खस्दा घाइते भएका मध्ये बाराका तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरका वडा नम्बर १२ का २७ वर्षीय राजन चौधरी,२२ वर्षीय रूपलाल चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक रुपेश तामाङले बताए ।

बेलिब्रिज खस्दा घाइते भएपछि उनीहरूलाई उपचारका लागि विराटनगरको नोबेल अस्पताल पठाइएको थियो । तर डाक्टरले मृतक घोषणा गरिदिएका थिए ।

यसैगरी उक्त बेलिब्रिज खस्दा छ जना घाइते भएका थिए । थप दुई जना मजदूरको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाईते मध्ये बाराका कै तीन जना रहेको छन । जीतपुरसिमरा उपमहानगर–१२ का २५ वर्षीय भुलेश्वर चौधरी,३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिशेक चौधरीको घाईते भएका छन । उनीहरुका विराटनगरमा उपचार भइहेको छ ।

मेची राजमार्गमा पर्ने पाँचथर खण्डमा रहेको हेवा खोलाको पक्की पुल २०८० असार २ गतेको बाढीले बगाएको थियो । पछि त्यहाँ पहिलो पटक बेलिब्रिज निर्माण गरिएको थियो ।

यो घटनालाई लिएर बाराका विभिन्न व्यक्तित्वहरुले घटना प्रति गहिरो दुख व्यक्त गर्दै हार्दिक श्रद्धान्जाली अर्पण गरेका छन ।

Leave a review

This will close in 0 seconds