कलैया । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ स्थित सिद्धेशवर महादेव मन्दिर परिषरमा सोमबार एघार जना बटुकहरुको सामुहिक ब्रतबन्ध गरिएको छ।
ज्योतिषी पण्डित छविरमण सुवेदी र महेशवर भण्डारीको बिशेष सक्रियतामा उक्त सामहिक ब्रतबन्ध गरिएको हो ।
ब्राहम्ण,क्षेत्रिय र बैशय सामुदायिक बटुकहरुको सामुहिक ब्रबन्ध गरिएको ज्योतिषी पण्डित सुवेदीले बताए।
ब्राहम्ण ६,क्षेत्रिय ३ र बैशय समुदायका दुई जना बटुकहरु रहेका छन । बीरगञ्जका तीन,कलैयाका चार,जितपुर सिमरा उपमहानगरपालिका एक,निजगढ नगरपालिकाका एक,हेटौडाका एक र बिराटनगरको एक जना रहेका छन ।
आठ बर्ष देखि पन्ध्र बर्ष उमेर समुहका किशोरहरुको ब्रतबन्ध हुन्छ पण्डित सुवेदीले भने ।यजमानहरुको बिशेष आग्रहमा न्युन शुल्कमा उक्त सामुहिक ब्रतबन्ध गरिएको उनले बताए ।
एक जनाको ब्रतबन्ध गरे पांच लाख रुपैया सम्मको खर्च हुने गरेको छ ।समाजमा न्युन आय भएका ब्यतmीहरुलाई आर्थिक भार नपरोस भने उदेशयले उक्त ब्रतबनध गरिएको सुवेदीले बताए ।
हिन्दु संस्कृतीमा १६ संस्कार मध्ये सबै भन्दा महत्वपुर्ण संस्कार ब्रतबन्ध रहेको उनले जानकारी दिए ।
यसले सनातन हिन्दु संस्कृतीको संरक्षण गर्ने सुवेदीले बिश्वास ब्यक्त गरे । गत बर्ष पनि चार जना बटुकहरुको सामुहिक ब्रतबन्ध गरिएको थियो ।
बिक्रम संवत २०३३ साल देखि सिद्धेशवर महादेव मन्दिर परिषरमा बटुकहरुको सामुहिक ब्रतबन्ध हुदै आएको छ ।

