नगद जम्मा गर्ने एटिएम मेशिन कलैयामा भयो सञ्चालन

राजेश कुशवाहा
1.4k पाठक संख्या

कलैया : बाराको कलैयास्थित रोयल को –अपरेटिभ लिमिटेडले सोमबार देखि नगद जम्मा गर्ने एटिएम मेशिन सञ्चालनमा ल्याएको छ।

को –अपरेटिभका अध्यक्ष कृष्ण साह रौनियार एवम् बारा जिल्ला बचत तथा ऋण सहकारी संंघका अध्यक्ष सत्येन्द्र ठाकुरले एक कार्यक्रमका बीच उक्त एटिएम मेशिनको उद्घाटन गरेका हुन्।

उक्त अवसरमा बोल्दै अध्यक्ष साहले मेशिनबाट ग्राहकले प्रत्यक्ष रुपमा नगद रुपैयाँ जम्मा गर्न सक्ने बताए। उनले मेशिनबाट ग्राहकको समयको पनि बचत हुने बताए। पैसा जम्मा गरेपछि मेशिनले नगद जम्मा गरेको भौचर समेत ग्राहकलाई दिने उनले बताए।

मधेश प्रदेशमै पहिलो पर्साको वीरगञ्ज र दोस्रो बाराको कलैयामा नगद जम्मा गर्ने एटिएम सञ्चालनमा ल्याईएको उनले जानकारी दिए।

ग्राहकलाई छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यले सो एटिएम स्थापना गरिएको उनले बताए। पैसा झिक्ने एटिएम मेशिन पनि स्थापना गरिने अध्यक्ष साहले जानकारी दिए।

को –अपरेटिभले बिगत देखि नै आफ्ना सदस्यहरुको सेवा सुविधाको लागि बचत,ऋण,रेमिटान्स,बिमा,भिसा नेटवर्कको एटिएम कार्ड,लगायतका सेवाहरु प्रवाह गर्दै आएको उनले बताए। भिसा नेटवर्कको एटिएम कार्डले नेपाल, भारत लगायतका देश बाट रकम झिक्न मिल्ने उनले बताए ।

उनले एफ.वन. सोफटको मोबाईल बैकिङ्क जसमा टप अप,बैक ट्रान्सफर, वायलेट लोड, मिनी स्टेटमेन्ट, लगायत सम्पूर्ण सुविधाहरु भएको तथा बिजनेश क्यु आर कोड लगायतको अन्य विद्युतीय सेवा प्रवाह गरिएको जानकारी दिए। य

स संस्थाले को ओपरेटिभ क्षेत्रमा नेपालकै पहिलो वा दोस्रो तथा मद्येश प्रदेशकै पहिलो स्थानमा रही यस संस्थाले सेवा दिईरहेको उनले बताए।उक्त अवसरमा को –अपरेटिभका कर्मचारी, संघ संस्थाका प्रतिनिधि,सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।

Leave a review

This will close in 0 seconds