वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

बाराका पाँचवटा कृषि सहकारीहरुले किसानसँग न्युुत्तम समर्थन मुुल्यमा धान खरिद गर्ने

रञ्जन यादब
बारा जिल्लाको पाँचवटा कृषि सहकारी संस्थाहरुले किसानसँग न्युुत्तम समर्थन मुुल्यमा धान खरिद गर्ने भएका छन् ।
प्रधानमन्त्री कृषि आधुुनिकीकरण परियोजना ,परियोजना कार्यान्वयन इकाई बाराले साना किसान कृषि सहकारी संस्था लि.डुुमरबाना, साना किसान कृषि सहकारी संस्था ईनर्वासिरा, साना किसान कृषि सहकारी संस्था लि.तेतरिया, साना किसान कृषि सहकारी संस्था मनहर्वा लि. र कटेङगनमाई कृषि सहकारी संस्था लि. फेटाले किसानको न्युुत्तम समर्थन मुुल्यमा धान खरिद गर्ने जनाएको छ ।

पाँच वटा कृषि सहकारी संस्थाहरुसँग किसानको धान न्युुत्तम समर्थन मुुल्यमा खरिद गर्ने परियोजनासँग सम्झौता भएकाले आफुुलाई पायक पर्ने ठाउँमा धान बिक्रि गर्न परियोजना कार्यान्वयन इकाई बाराका प्रमुुख डा.सुुरेन्द्र यादबले जानकारी दिएका छन ।

सहकारीहरुले मोटा धान प्रति क्विन्टल २ हजार ७ सय ३५ रुपैया र मध्यम धान प्रति क्विन्टल २ हजार ८ सय ८५ रुपैयामा खरिद गर्ने परियोजना कार्यान्वयन इकाई बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!