कलैया : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ राजदेवी मन्दिर नजिक रहेको विद्युतीय पोलमा सोमबार राति अचानक आगलागी भएको छ।
विद्युत सर्ट भएर उक्त विद्युतीय पोलमा आगलागी हुदा डिसको तार,फाईबर नेटको तार लगायतको जलेर नष्ट भएको छ।
फाईबर नेटको तार जलेर नष्ट हुदा ईन्टरनेट सेवा १९ घण्टा अवरुद्ध भएको छ। उक्त पोलमा अनावश्यक तारहरु रहेका कारण आगलागी भएको स्थानीयबासीले जनाएको छ।

