प्रथम समृद्ध कपको कोल्हवी नगरपालिकाकी उपप्रमुख चौधरीले गरिन् उद्घाटन

साझेदारी दैनिक
277 पाठक संख्या

कोल्हवी: बिनीता चौधरी/ बाराको कोल्हवी – ३ जुअवामा प्रथम समृद्ध कप प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको कोल्हवी नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरीले बिहीबार उद्घाटन गरेकी छिन् ।

क्लबका अध्यक्ष नागमनी चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको उपप्रमुख चौधरीले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा कलमबाबू चौधरी,वडा अध्यक्ष किशुनदयाल चौधरी,नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जुअवाका प्रधानाध्यापक नरेन्द्र कुमार चौधरी, नेपाली कांग्रेस कोल्हवी नगर कार्य समितिका उप(सभापति बसन्त चौधरी,कोल्हवी नगर उधोग बाणिज्य संघका उपाध्यक्ष बिरेन्द्र चौधरी ,कोल्हवी नगर पालिकाकी निवर्तमान नगर उपप्रमुख सुनैना देवी चौधरी,ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख किसन बस्नेत,सशस्त्र प्रहरी बल कोल्हवीका प्रमुख सुरेश घलान,३ का वडा सदस्य रामदयाल चौधरी,महिला सदस्य सुर्यज्योती चौधरी,पार्वती चौधरी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा स्वागत मन्तव्य प्रेम नारायण चौधरी रहेको थियो भने संचालन मुनिकांत चौधरीले गरेका थिए ।

बिहीबार भएको उद्घाटन खेल एफ।सि भक्तपुर र बागमती सर्लाही बीच भएको खेलमा एफ।सि भक्तपुर ० को विरुद्ध २ गोलले बिजय भएको छ ।

Leave a review