कलैया : कुटपिट गरी हत्या गरेको आरोपमा बारा प्रहरीले चार जनालाई बुधबार पक्राउ गरेको छ।
जेठ २९ गते बाराको कलैया उप–महानगरपलिका वडा नं. १४ बघवन स्थित बस्ने वर्ष ५० को नन्दु राउत कुर्मीलाई पुरानो रिसिवीको कारण सोही ठाउँका ४० वर्षीय उमेश जैसवाल समेत गरी ६ जना व्यक्तिहरूले मिलि मरणासन्न हुने गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
कुर्मीलाई कुटपिट गरी घाईते बनाई उपचारको लागि प्रादेशिक अस्पताल कलैया बारामा लगे पश्चात चिकित्सकले चेकजाँच गर्दा उपचारको क्रममा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घट्नामा संलग्न रहेको २८ वर्षीय दिगम्बरसाह कलवारलाई सोही दिन पक्राउ गरी ज्यान सम्बन्धी कसूर मुद्दामा बारा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद अनुमति लिई अनुसन्धान अगाडी बढाईएको थियो। अन्य फरार रहेका व्यक्तिहरूलाई प्रहरी निरीक्षक खेमप्रसाद नेपालको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले तीन जनालाई बुधबार पक्राउ गरेको हो।
कलैया उप–महानगरपालिका वडा नं.५ स्थित सागर लामिछानेको घरमा लुकिछिपि बस्दै गरेको अवस्थाबाट महिला १ जना र जिल्ला पर्साको वीरगंज महानगरपालिका वडा नं.१ शान्ती टोल स्थितमा सोही ठाउँ वस्ने बसिर मियाँको घरमा छुकिछिपि बस्दै गरेको पुरूष व्यक्ति २ जना समेतलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले बाराको कलैया उपमाहनगरपालिका वडा न.१४ बघवन टोल वस्ने उमेश जैसवालको श्रीमती अ.वर्ष ३८ की रन्जु जैसवाल,सोही ठाउँ वस्ने उमेश जैसवालको छोरा २० वर्षीय सुमित जैसवाल,उमेश जैसवालको छोरा अ.वर्ष १८ को सुजितकुमार जैसवाललाई बारा प्रहरीले पक्राउ गरेको जनाएको छ।
उनीहरु माथि बारा जिल्ला अदालतबाट सोही मुद्दा शिर्षकमा म्याद मिलान गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। अन्य फरार आरोपितहरूको खोज तलास भैईरहेको प्रहरीले जनाएको छ।

