वडाअध्यक्षले अनाथालयमा मनाए जन्मदिन

साझेदारी दैनिक
242 पाठक संख्या

बारामा एक जना वडाध्यक्षले आफ्नो छोरीको सम्झनामा अनाथालयमा केक काटेर जन्मदिन मनाएका छन् ।

जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष प्रेमनारायण चौधरीले आफ्नो छोरीको सम्झनामा केक काटेका छन् । वडाध्यक्ष चौधरीले आफ्नो स्वार्गि २० वर्षीय छोरी जान्वी चौधरीको जन्मदिनको अवसरमा कलैया स्थित अमृता अनाथ आश्रमको बालबालिकामाझ केक काटेर जन्मदिन मनाएको हुन ।

छोरी जन्वी अध्ययनको शिलशिलामा काठमाडौं जाने क्रममा दुर्घटनामा परि अल्पायुमा ज्यान गुमाएकी थिईन । उनकै जन्मदिनको अवसरमा अनाथआश्रमका बालबालिकासंग जन्मदिन मनाएको वडाध्यक्ष चौधरीले बताए ।

चौधरीले आफ्नो छोरीको सम्झनामा हरेक वर्ष गरिव असहायहरूलाई सहयोगको साथै उनको जन्मदिनको अवसरमा केक काटेर मनाउने गरेको उनले बताए । उनले छोरीको जन्मदिनको अवसरमा अमृता अनाथ आश्रमलाई चामल,दाल,तेल लगायतको खाद्यान्न,साबुन तथा स्टेश्नरी सामाग्रीहरु समेत वितरण गरेका थिए ।

Leave a review