कोल्हवी नगरपालिकाको १४ औं नगर सभामा ७९ करोड २३ लाखको बजेट सार्वजनिक

साझेदारी दैनिक
537 पाठक संख्या

कोल्हवी । धीरेन्द्र पनुहर / बाराको कोल्हबी नगरपालिकाको १४ औं नगर सभामा नगरपालिकाकी उप प्रमुख लक्ष्मी कुमारी चौधरीले बजेट प्रस्तुत गरेकी छन्।

उनले अगामी आर्थिक बर्ष २०८२/८३ मा रु ७९ उनासी करोड २३ लाख बराबरको आय व्ययको बजेट सार्वजनिक गरेकी हुन्।

आय तर्फ आन्तरिक तथा राजश्व बाडफाड,मालपोत तथा वन रोयल्टी समेतबाट प्राप्त आय ३० करोड ५२ लाख ६२ हजार प्रक्षेपित गरिएको छ। नेपाल सरकारबाट सशर्त अनुदान रु ४६ करोड २६ लाख,प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान रु २ करोड ४४ लाख ३८ हजारको आय प्रक्षेपित गरिएको छ।

१४ औ नगर सभाबाट नगर प्रमुख रामप्रसाद चौधरीले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे। उनले गुणस्तरीय पूर्वाधार निर्माण,रोजगार अभिवृद्धि, समावेशी आर्थिक वृद्धि तथा गरिबी निवारण गर्दै कोल्हबी नगरपालिकाको समृद्धिको आधार निर्माण गरिने जनाएका हुन्।

उनले गुणस्तरीय शिक्षा र स्वास्थ्य तथा कोल्हवी नगरपालिकाको सामाजिक,आर्थिक रुपान्तरण गरी उत्कृष्ट पालिकाको रुपमा स्थापित गर्ने योजना रहेको बताए।

कोल्हवी नगरपालिकामा आधारभूत शिक्षा र माध्यमिक शिक्षाको कक्षा ९ र १० निशुल्क रहेको र साथै कक्षा ५ र ८ को नगर स्तरीय परीक्षालाई समेत निरन्तरता दिने बताए।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेलले आर्थिक विनियोजन बिधेयक तथा अन्य बिधेयक नियमावली कार्य विधि र निर्देशिका प्रस्तुत गरेका थिए।

कार्यक्रम मार्फत प्रमुख प्रसासकीय अधिकृत लुइँटेलले कोल्हबी नगरपालिकाको वडा न १ र ५ मा ६५ लाख र बाँकी अन्य प्रत्येक वडामा ५५ लाखको बजेट बिनियोजन गरेको बताए।

नगर प्रमुख चौधरीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कोल्हबी नगरपालिकाकि उपप्रमुख लक्ष्मी,प्रमुख प्रशासकीय अधिकृत लुइँटेल अतिथिहरुमा वडा न १ देखि ११ सम्मका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु,ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख प्रहरी निरीक्षक रन्जन मिश्र लगायत स्थानीय पत्रकारहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य वडा न ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी,४ का वडा अध्यक्ष बिष्णु मैनाली लगायतले राखेका थिए। शिव पौडेलले संचालन गरेका थिए।

Leave a review

This will close in 0 seconds