कलैयाका तत्कालीन वडा अध्यक्ष जलालुदिन मंसुरसहित चार जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

साझेदारी दैनिक
691 पाठक संख्या

कलैया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत टंगाल काठमाण्डौंमा चार जना उपर आरोपपत्र आइतबार दायर गरेको छ। जग्गा खरिद विक्रीमा तथा सिफारिशमा भ्रष्टाचार गरेको जनाउँदै कलैया उपमहानगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष जलालुदिन मन्सुरसहित चार जना उपर अख्तियारले आरोपपत्र दायर गरेको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वडा अध्यक्ष मन्सुर तथा तत्कालीन वडा सचिव रघु प्रसाद सहनी गोढी उपर जनही छ लाख ९४ हजार छ सय ५१ रुपैयाँ ४५ पैसाको विगो मागदावी तथा सजायको माग गरिएको हो। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ङ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९(पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजाय अख्तियारले माग गरेको हो। सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन गलत लिखत तयार गरी गराई प्रमाणित सिफारिस गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसूरसमेत गरेकोले सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी अख्तियारले लिएको हो।

जग्गा बिक्रीकर्ता रौफ मिया मन्सुरमाथि तीन लाख ७७ हजार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरजन्य कार्य गर्ने राष्ट्रसेवक मुख्य कसूरदारहरूको मिलेमतोमा नगद तथा अन्य गैरकानुनी लाभ प्राप्त गर्ने मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर भएको हुँदा बिगो रू. तीन लाख सतहत्तर हजार कायम गरी आरोपपत्र दायर गरिएको छ। जग्गा खरिदकर्ता हिरालाल प्रसादलाई तीन लाख १७ हजार छ सय ५१ रुपैयाँ ४० पैसाको मागदावी तथा कैद सजायको माग अख्तियारले गरेको हो।

बाराको साविक भतौडा गा.वि.स. वडा नं. २ को कित्ता नं. २८८ क्षेत्रफल ०–५–१ सोही ठाउँको कित्ता नं २९० क्षेत्रफल ०–०–१५ जग्गा मालपोत कार्यालय बाराबाट २०७४।०७।२६ मा र.नं. ३९२८।१ रजिष्ट्रेशन लिखित पारित गरिएको हो। सो पारित गर्ने क्रममा उक्त जग्गामा कम्पाउन्ड वाल सहितको पक्की घर टहरा र उक्त जग्गा वीरगञ्ज कलैया हुलाकी सडकमा भएकोमा बाटोसँग नजोडिएको र घर नभएको भनी सिफारिस गराई राजस्व छली गरेको भन्ने समेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको हो।

बारा साविक भतौडा गा.वि.स हाल कलैया उपमहानगरपालिका वडा नं. २ को कित्ता नं. २८८ क्षेत्रफल ०–५–१ को जग्गामा चारै तर्फबाट कम्पाउन्ड भएको सो कम्पाउन्ड भित्र पुरानो जीर्ण अवस्थामा पक्की घर टहरा रहेको, कुनै किसिमको बाटोसँग नजोडिएको र कित्ता नं. २९० क्षेत्रफल ०–०–१५ को जग्गामा कुनै किसिमको घर टहरा नरहेको, कलैया विरगञ्ज हुलाकी राजमार्ग पिच बाटोसँग जोडिएको पाइएको हो। उल्लिखित कित्ता नम्बरहरू एक आपसमा जोडिएको नापी कार्यालय कलैया बाराले पेस गरेको सर्जिमिन मुचुल्का र फिल्ड प्रतिवेदनबाट खुल्न आएको देखिएको हो। उक्त कित्ताहरूको सम्पत्तिमा घर तथा बाटो रहेको देखिएको पाइएको छ।

कलैया उपमहानगरपालिकाको मिति २०८२।०९।११ गतेको पत्रबाट समेत उक्त जग्गाहरू आर्थिक वर्ष २०७४।०७५ को न्यूनतम मूल्याङ्कन पुस्तिकामा उल्लिखित ब्यारेकदेखि सिसहनिया चोक भित्रपर्ने भनी खुल्न आएको देखिएको छ। आर्थिक वर्ष २०७४।०७५ मा न्यूनतम मूल्याङ्कन पुस्तिकामा मूल्य प्रतिकठ्ठा रू.१३ लाख रहेको देखिएको, जग्गाधनी रौफ मिया मन्सुरले हिरालाल प्रसादलाई २०७४।०७।२६ मा राजीनामा लिखत पारित गरी बेचेको कुल ज.वि. ०–५–१६ जग्गाको न्यूनतम मूल्याङ्कन रू.७५ लाख ४० हजार देखिनु र कित्ता नं. २८८ को जग्गामा रहेको पक्की घर कम्पाउडको आर्थिक वर्ष २०७४।०७५ बमोजिमको न्यूनतम मूल्याङ्कन रू.२४ लाख ८ हजार ९ सय २० रुपैया २ पैसा गरी न्यूनतम मूल्याङ्कन रू.९९ लाख ४८ हजार ९२१ हुनुपर्ने र किनबेच गर्दा घर जग्गा रजिष्ट्रेशन दस्तुर रू.४ लाख ४७ हजार ७ सय १ रूपैया ४५ पैसा एवं पुँजीगत लाभकर रू.३ लाख ७७ हजार गरी जम्मा राजस्व रू.८ लाख २४ हजार ७ सय १ रूपैया ४५ पैसा प्राप्त हुनुपर्ने देखिंदा उल्लिखित न्यूनतम मूल्याङ्कन रू.९९ लाख ४८ हजार ९२१ हुने देखिएको छ।

प्रतिवादीहरूको मिलेमतोमा घर/बाटो भएकोमा गलत विवरण सहितको सिफारिसमा “सिसहनीयादेखि उत्तरतर्फ कुनै किसिमको बाटोसँग जोडिएको छैन साथै यसमा घरसमेत नभएको” भनी वडा नं. ३ बाट गलत लिखत तयार गरी गराई भूमिसुधार तथा मालपोत कार्यालय बारामा पेस गरी गराई उक्त सम्पत्तिको न्यूनतम मूल्याङ्कन रू.५ लाख ५० हजार रूपैया बराबरको थैली रकम कायम गरे गराएको देखिएको छ। यसरी प्रतिवादीहरूको मिलेमतोमा बदनियत राखी तयार गरेको गलत लिखतको आधारमा मालपोत कार्यालय बारा कलैयाको आ.ब. २०७४/०७५ को न्यूनतम मूल्याङ्क।न पुस्तिका बमोजिम राजीनामा लिखतमा वास्तबिक भन्दा कम थैली रकम कायम भई सम्पत्ति किनबेच जग्गा खरिदकर्ता हिरालाल प्रसादले रू.१ लाख ३० हजार ५० मात्र राजस्व दाखिला गरे गराएको देखिएको छ।

प्रतिवादीहरू बाराको कलैया उपमहानगरपालिका वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष म.जलालुदिन मंसुर, तत्कालीन वडा सचिव रघु प्रसाद सहनी गोढी, जग्गा खरिदकर्ता हिरालाल प्रसाद र जग्गा बिक्रीकर्ता रौफ मिया मन्सुरसमेतको आपसी मिलेमतोमा प्रतिवादीहरूलाई लाभ र नेपाल सरकार/सार्वजनिक संस्थालाई हानि पुर्यापउने बदनियतले रू.छ लाख चौरानब्बे हजार छ सय एकाउन्न रूपैया पैतालीस पैंसा हिनामिना, हानिनोक्सनी तथा मासेको तथ्य स्थापित भएको दावी गर्दै अख्तियारले आरोपपत्र दायर गरेको हो।

Leave a review