अपाङ्गता भएका व्यक्तिलाई पाडी वितरण

रञ्जन यादव
480 पाठक संख्या

जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१८ ले अपाङ्गता भएका आर्थिक रूपमा कमजोर परिवारलाई आय आर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले १ लाख रुपैयाँ बराबरका ४ वटा पाडी वितरण गरेको छ ।

वडाको लामीडाँडामा आयोजित कार्यक्रममा अपाङ्गता भएका बिपन्न परिवारका सुरेश राई, मनिक बल र परांश टोलका सुनैना देवी पण्डित र सबिया देवी रामलाई पाडी हस्तान्तरण गरिएको हो ।

वडा कार्यालयको सहजीकरणमा सञ्चालित गरिब अपाङ्गता सम्बन्धी सचेतना तथा आय आर्जन कार्यक्रमु अन्तर्गत सेवा प्रदान गरिएको जनाइएको छ ।वडाले आगामी दिनमा पनि अपाङ्गता भएका नागरिकलाई आत्मनिर्भर बनाउने किसिमका कार्यक्रमलाई प्राथमिकता दिने वडा नं.१८ का वडा अध्यक्ष चतुरबाबु वाग्लले बताएका छन ।

शारीरिक तथा मानसिक रुपले अपाङ्ग भएका ब्यक्तिहरुको परिवारलाई आर्थिक रुपमा केहि हदसम्म भएपनि टेवा पु्ग्ने उदेश्यले पाडी हस्तान्तरण गरिएको वडअध्यक्ष वाग्लेले बताए ।

उक्त पाडी वितरण कार्यक्रममा उपमेयर भोला अधिकारी,वडा अध्यक्ष चतुरबाबु वाग्ले,अपांग संघ बाराका गंगा वाग्ले लगायतको उपस्थिति रहेको थियो ।

Leave a review