नेपाली काँग्रेस पार्टी बाराको जिल्ला कार्य समिति बैठक मंसिर २१ गते हुने भएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराको बैठक मंसिर २१ गते बिहिबार दिनको १ बजे पार्टी कार्यालयमा वस्ने भएको मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी जनाइएको हो ।
जिल्ला कार्य समिति बी.पी.स्मृति भवन कलैयामा सो बैठक हुने विज्ञप्तिमा भनिएको छ ।
नेपाली कांग्रेस पार्टी बाराका कार्यालय सचिव अम्बिका प्रसाद यादवले एक प्रेस विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएका छन् ।
सो बैठकमा नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराका पदाधिकारीहरु,सदस्यहरू,आमन्त्रित सदस्यहरु तथा प्रतिनिधि सभा क्षेत्रका सभापतिहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ “ उक्त विज्ञप्तिमा लेखिएको छ ।

