बारा :दलित तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका सदस्य बनेका अर्जुन रसाईलीले गत आर्थिक वर्षमा प्राप्त बजेटलाई सांस्कृतिक र खेलकुद क्षेत्रमा खर्चिएका छन्।
रसाईलीले एकादशी भजन समूहहरूलाई झ्याली, मादल, हार्मोनियम, तबला जस्ता वाद्ययन्त्रहरू हस्तान्तरण गरेका छन् । जीतपुरसिमरा ४ र १४ मा गरिएको यो कार्यले सांस्कृतिक जागरणको महसुस भएको स्थानीय बताउँछन्।
धार्मिक समूहलाई वाद्ययन्त्र प्रदान गरेर परम्परागत सांस्कृतिक अभ्यासको जगेर्ना गर्न योगदान पु-याएका उनले खेलकुद सामग्री वितरण मार्फत खेलप्रतिको रुचि र सम्भावना भएका युवाको हौसला थपेका छन्।
उपमहानगरपालिकाको श्रम, उद्योग, वाणिज्य तथा रोजगार प्रवद्र्धन समितिका संयोजक समेत रहेका रसाइलील स्थानीय क्लब तथा खेलाडीहरूलाई ३० थान जर्सी, जुत्ता, फुटबललगायत सामग्री उपलब्ध गराएर युवाको जोश भरिदिएका छन् ।
यसैगरी रसाइलीले दुर्गा मन्दिरमा ५० थान कुर्सी, शिव मन्दिरमा वाटर डिस्पेन्सर हस्तान्तरण गरेका छन्।

