लायन्स क्लबद्वारा लागुऔषध दुरुपयोगविरुद्ध जनचेतना

रञ्जन यादव
164 पाठक संख्या

जीतपुर : बाराको जीतपुरमा लायन्स क्लब अफ जीतपुर–सिमराले सानो पाइला, बिरगंज र इलाका प्रहरी कार्यालय, जीतपुरको सहकार्यमा लागुऔषध दुरुपयोग िवरुद्धको अभियान सम्पन्न गरेको छ।

ऋभियान अन्तर्गत समुदायलाई सचेत बनाउन नाटक प्रस्तुति गरिएको थियो भने विभिन्न विद्यालयमा अन्तरक्रियात्मक डेमोमार्फत विद्यार्थीलाई लागुऔषधको हानिकारक प्रभावबारे जानकारी दिइएको थियो ।

करिब चार पाँच सय जनाको सहभागिता रहेको अभियानलाई स्थानीय स्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको लायन्स क्लबका कृष्णब्रत सिँहले जानकारी दिए । आयोजकहरूले “यदि यस अभियानबाट एकजना मात्र व्यक्ति पनि लागुऔषध दुरुपयोगबाट बच्न सफल भए, हाम्रो उद्देश्य पूरा भएको ठान्नेछौं” भन्ने धारणा व्यक्त गरेका छन्।

यसअघि पनि लायन्स क्लबले सामाजिक चेतनामूलक गतिविधिहरू गर्दै आएको र लागुऔषध नियन्त्रणलाई निरन्तर प्राथमिकतामा राख्ने जनाएको छ।

Leave a review

This will close in 0 seconds