वीरगञ्जमा कर्फ्यु हटाइयो, निषेधाज्ञा आदेश

साझेदारी दैनिक
258 पाठक संख्या

वीरगञ्ज। वीरगञ्जमा लागू गरिएको निषेधाज्ञा सोमबार देखि हटाइएको छ। स्थानीय प्रशासनले भदौ २४ गतेदेखि लागू गरेको निषेधाज्ञा विभिन्न चरणमा खुकुलो बनाउँदै लगेको थियो।

पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले सोमबार एउटा सूचना जारी गर्दै यसबारे जानकारी दिएका हुन्। हाल वीरगञ्जमा ५ बजेदेखि साँझ ९ बजेसम्मका लागी लागू गरिएको निषेधाज्ञा आदेश हटाइएको सो सूचनामा जानकारी दिइएको छ।

शान्ति सुरक्षा सुदृढ हुँदै गएको उनले जनाए। नागरिकको स्वतन्त्र आवागमन, व्यापार–व्यवसाय र चाडपर्व मनाउन सहज वातावरण सिर्जना गर्नुपर्ने आवश्यकताका कारण यस्तो निर्णय लिइएको उनले बताए।

वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा यसअघि लागू गरिएको दङ्गाग्रस्त (प्रभावित) क्षेत्रको आदेश र रात्रिकालीन कर्फ्यु आदेश अर्को व्यवस्था नभएसम्म यथावत् रहने छ।

शान्ति सुरक्षाको अवस्था थप सुधार भएपछि यी आदेशहरू पुनर्विचार गरिने उनले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले शान्ति–सुव्यवस्था कायम राख्न र जनताको जीउधन तथा सार्वजनिक सम्पत्तिको संरक्षणका लागि सबै जिल्लावासीलाई सहयोग गर्न समेत अनुरोध गरेको छ।

यसैगरी, जिल्लास्थित सबै कार्यालयबाट प्रदान हुने सेवाहरू भदौ २९ गतेदेखि निरन्तर सञ्चालन भइरहेको जानकारी पनि सिडिओ सुवेदीले दिए ।

राष्ट्रिय परिचयपत्र बनाउन टोकन लिएर पालो पर्खिरहेका सेवाग्राहीका लागि भदौ २४ गते टोकन लिएकाहरूलाई पहिलो प्राथमिकतामा राखी सेवा प्रदान गरिने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले शान्ति–सुरक्षा कायम राख्न र सहज जीवनयापनका लागि सबैमा सहयोगको अपिल गरेको छ ।

Leave a review

This will close in 0 seconds