पत्रकार लामामाथि कुटपिट घटनाको महासंघको ध्यानाकर्षण

साझेदारी दैनिक
105 पाठक संख्या

निजगढ : समाचार लेखेको आरोपमा बाराका पत्रकार बसन्त लामा माथि मंगलबार विहान अज्ञात व्यक्तिहरूको समूहले कुटपिट गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको ध्यानाकर्षण गराएको छ ।

महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले एक प्रेस विज्ञप्ति जारी गरेर घटनाको भत्सना गरेका हुन । निजगढ नगरपालिका–१ स्थित बनस्थली हाट बजार नजिकै मोटरसाइकलमा आएका व्यक्तिहरूले पत्रकार लामा माथि आक्रमण गरी कुटपिट गर्दा उनको शरीरका विभिन्न भागमा चोट लागेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

महासंघले पत्रकार लामाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाप्रति गम्भीर असन्तोष व्यक्त गरेको छ । पत्रकारमाथि भएका यस्ता आक्रमण घटनाले सञ्चारमाध्यम असहज बनाउने र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष आघात गर्ने भन्दै महासंघले अपराधीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न प्रशासनसँग माग गरेको छ ।

महासंघले “पत्रकार र पत्रकारिताको सुरक्षा गर्दै स्वतन्त्र एवं निर्भीक वातावरणमा काम गर्न सक्ने माहोल बनाउन सरकार र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने आवश्यकता छ,” विज्ञप्तिमा उल्लेख गरेको छ ।

महासंघले यस्ता घटना रोक्न पत्रकारको सुरक्षालाई प्राथमिकतामा राख्न, दोषीलाई तत्काल कारबाही गर्न र स्वतन्त्र पत्रकारिताको वातावरण बनाउन सम्बन्धित पक्षलाई आग्रह समेत गरेको छ ।
यसैगरी नेपाल पत्रकार महासंघ बाराले पनि एक विज्ञप्ती जारी गर्दै पत्रकार लामालाई कुटपिट गर्नेहरलाई कडा कारवाही गर्न स्थानीय प्रहरी प्रशासनसंग माग गरिएको छ ।

Leave a review

This will close in 0 seconds