रबिन्द्र प्रसाद साह,/
कलैया उपमहानगरपालिका वडा नं.१३ स्थित बलिरामपुर टोलमा निर्माणाधीन शहरी स्वास्थ्य प्रवर्दन अस्पताल निर्माणको बुधवार नगर प्रमुख राजेश राय यादवद्वारा नवनिर्मित ४ कोठे भवनको निरीक्षण गरिएको छ ।
नगर प्रमुख यादबको नेतृत्वको टोलीले उक्त नवनिर्मित भवनको निरीक्षण गरी कार्यप्रगति बारे पनि बुझेका हुन । कुल ८० लाखको लागतमा उक्त भवनको निर्माण भैरहेको अनुगमन निरीक्षण टोलीमा रहेका इन्जिनियर चन्द्रशेखर कुशवाहाले साझेदारीलाई जानकारी दिए ।
भवनको निरीक्षण टोलीमा कलैया उपमहानगरपालिका वडा नं. १३ का वडाअध्यक्ष राजन कुर्मी, इन्जिनियर चन्द्रशेखर कुशवाहा, स्थानिय भद्रभलादमीहरु लगायतको रहेको थियो ।