मतदाता सम्बन्धी नयाँ नियम लागूपछि पर्सामा ११ दिनमै ४ सय ५८ जनाले गराए मतदाता नामावलीमा नाम दर्ता

साझेदारी दैनिक
320 पाठक संख्या

वीरगञ्ज । सरकारले मतदाता सम्बन्धी नयाँ नियम लागू गरेपछि पर्सा जिल्लामा मतदाता नामावली दर्ता गराउने कार्यमा नागरिक स्तरमा उत्साह देखिएको छ। आफ्नो मताधिकार सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता गराउनेहरू बढदै गएका छन्।

असोज १० गतेदेखि सुरु भएको मतदाता नामावली दर्ता कार्यमा हालसम्म पर्सा जिल्लाका ४२४ जना र अन्य जिल्लाका ३४ जना गरी कुल ४५८ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयकी प्रमुख अनामिका रौनियारले जनाइन्।

पर्साका २९९ पुरुष र १३५ महिलाले नाम दर्ता गराएका छन्। अन्य जिल्लाका २५ पुरुष र ९ महिलाले पनि नामावलीमा नाम समावेश गराएका छन् । उनले हालसम्म ४४ जनाले आफ्नो विवरण सच्याउन र ४२ जनाले मतदान केन्द्र परिवर्तन गर्न निवेदन दिएको जानकारी दिएकी छन्।

पर्सा जिल्लामा हाल कुल ३ लाख ५७ हजार २३८ मतदाता रहेका छन्। जसमा २ लाख १ हजार ७६५ पुरुष, १ लाख ५५ हजार ४५८ महिला र १५ जना अन्य रहेका छन् । साथै, केही मतदाताको निधन भएकाले उनीहरूको नाम हटाउने कार्य पनि भइरहेको छ।

Leave a review

This will close in 0 seconds