सँगालो साकोस सिमराको अध्यक्षमा आए थापा

रञ्जन यादव
327 पाठक संख्या

सँगालो बचत तथा ऋण सहकारी संस्था सिमराको अधिवेशनले निराजन थापाको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति चयन गरेको छ ।

थानीमाई सामुदायिक पार्क औराहामा संस्थाको १३ औँ साधारण सभा तथा अधिवेशन भएको हो । थापालाई सर्बसम्मत अध्यक्षतमा चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा नेत्रप्रसाद दाहाल,सचिवमा गोकुल अधिकारी र कोषाध्यक्षमा कोपिला अर्याल मनोनयन भएका छन् ।

समितिको सदस्यहरुमा रबिन्द्र ठाकुर,राजदास श्रेष्ठ,रमेश थापा,निरोज पुडासैनी,ईश्वर थपलिया,सुशिला कार्की र कबिता लम्साल चयन भएकोे निर्वाचन समितिले जनाएको छ ।

सँगालो बचत तथा ऋण सहकारी संस्थाको लेखा समितिमा धनन्जय थोकर,निरञ्जन कर्ण र सन्तोष श्रेष्ठ सर्बसम्मत चयन भएकासंस्थाले जनाएको छ ।

अध्यक्ष पदमा निर्वाचित थापा अघिल्लो कार्यसमितीको कार्यकालमा कोषाध्यक्ष थिए । यसभन्दा अगाडि सालिकराम अधिकारीको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन बचत तथा ऋण सहकारी संस्था बाराका अध्यक्ष सतेन्द्र ठाकुरले गरेका थिए ।

सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव रत्न उप्रेतीको थियो ।

Leave a review