वीरगञ्ज । पर्सा प्रहरीले एक होटलबाट जुवा खेल्ने तीन जना मानिसलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं.१६ का २० वर्षीय रोहित रौनियार, ३० वर्षीय श्यामबाबु राय,२५ वर्षीय अनन्तकुमार गुप्ता रहेका छन्।
वीरगञ्ज महानगरपालिका वडा नं.१६ फुलवारी टोलस्थितमा रोशन रौनियारले सञ्चालन गरेको होटलमा जुवातास खेलिरहेको छ, भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले उक्त स्थानमा छापामारी गरेको हो।
प्रहरीले जुवाखालबाटै ५० हजार सात सय ५५ र ३ वुक तास सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका हुन्।
पक्राउ परेका तिनै जना विरुद्ध जुवा सम्बन्धी कसूरमा तालुक जिल्ला प्रशासन कार्यालय पर्साबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान कार्य भइरहेको डिएसपी लम्सालले जानकारी दिए ।


